
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना संक्रमित थपिएका छन् भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६ जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जना संक्रमित थपिएका हुन् ।
यस्तै बिहीबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।