प्रधानमन्त्री देउवाले गरे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

राष्ट्रपाटी न्युज

११ भाद्र २०७९

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् ।

सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका-८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज एक समारोहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको छ ।

सहरी विकास मन्त्रालयको रु एक अर्ब ११ करोडको लागतमा दुई चरणमा गरी सो सम्मेलन केन्द्र निर्माण गरिएको हो । दुई चरणमा गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरिएको हो ।


Published :११ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media