सिट बाँडफाँट टुंग्याउन कार्यदल बैठक आज पनि बस्ने

राष्ट्रपाटी न्युज

१२ भाद्र २०७९

काठमाडौँ । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।

बैठक अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

गएको शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटका विषयमा छलफल भएको थियो । दलहरूले आ-आफ्नै दाबी प्रस्तुत गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिएका थिए । सोही बैठकबाट आजका लागि बैठक निर्धारण गरिएको हो ।

सबै विषयमा छलफल गरी कार्यदलले छिट्टै शीर्ष तहलाई प्रतिवेदन बुझाउने उनले बताएका छन् । निर्वाचनको साझा अवधारणा पनि कार्यदलले नै बनाउने उनको भनाइ छ ।


Published :१२ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media