२४ बुँदे माग राख्दै कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित

राष्ट्रपाटी न्युज

१५ भाद्र २०७९

काठमाडौं । २४ बुँदे माग राख्दै कान्ति बाल अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारीहरुले अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्नेलगायतका माग राखेका छन् ।

मागको सुनुवाइ हुने छाँट नदेखेपछि आन्दोलनमा उत्रिनुपरेको कर्मचारीले बताएका छन् । उनीहरुले माग पूरा नभएसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले बुधबारदेखि विरोधस्वरुप कालोपट्टी लगाएर काम गरिरहेका छन् र माग पूरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएका छन् ।

कर्मचारीहरुले अस्पताल प्रशासनले मनलाग्दी रूपमा कर्मचारी नियुक्ति गर्दै आएको, खरिद प्रक्रियामा नेतृत्व तहबाट आर्थिक अनियमिता गरेको र आफ्ना मान्छेलाई टेण्डर दिएको आरोप लगाएका छन् ।

आन्दोलनरत कर्मचारीहरुले आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री सचिवहरुलाई भेटेर जानकारी समेत गराइसकेका छन् ।

 


Published :१५ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media