समितिले चोलेन्द्रसँग आज पनि बयान लिने

राष्ट्रपाटी न्युज

१६ भाद्र २०७९

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयानका लिने भएको छ ।

बुधबार समितिले जबरासँग चार वटा प्रश्न सोधेको थियो । जवाफ दिनेक्रम नसकिएपछि आज बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मीन विश्वकर्माले बताए ।

आफूविरुद्धको महाभियोग प्रस्ताव सामना गर्न पहिलो दिन महाभियोग सिफारिस समितिमा उपस्थित भएका राणाले सत्ता गठबन्धनदेखि सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीमाथि समेत गम्भीर अभियोगहरू लगाएका थिए ।

राणाले समितिसमक्ष उपस्थित भएर रेकर्ड गराएको बयानका आधारमा कतिपय न्यायाधीशलाई महाभियोग लगाउने आधारसमेत तयार भएका छन् भने उनले सहकर्मी न्यायाधीशहरूका निहित स्वार्थका कारण आफूविरुद्ध महाभियोग ल्याइएको खुलासासमेत गरेका छन् । तर, सत्तापक्ष तथा प्रतिपक्षका सांसदले भने निलम्बित प्रधानन्यायाधीश राणा भावनात्मक कुरामा बहकिएको आरोप लगाएका छन् ।

महाअभियोग सिफारिस समितिले लिखित र मौखिक गरेर जबरासँग ४३ वटा प्रश्नावली तयार पारेको थियो । उनीविरुद्ध गत फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।


Published :१६ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media