एमाले निर्देशनः भदौ २२ भित्र उम्मेदवार सिफारिस गर्नू

राष्ट्रपाटी न्युज

१७ भाद्र २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भदौ २२ भित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ आकांक्षीहरूका नाम लिई उम्मेदवार सिफारिस गर्न एमालेले पार्टीका तल्ला कमिटीलाई निर्देशन दिएको हो ।

हालै बसेको केन्द्रीय कमिटी बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उम्मेदवार सिफारिस गर्नका लागि तल्ला कमिटीलाई भदौ २२ सम्मको समय दिइएको एमालेले स्रोतले जानकारी दिएको छ ।

एमालेले पार्टीमा सक्रियतापूर्वक लागेको, काम गरेको र लोकप्रिय व्यक्तिलाई उम्मेदवार सिफारिस गर्दा प्राथमिकतामा राख्न पनि आग्रह गरेको छ । एमालेको निर्देशनपछि पार्टीका तल्ला कमिटीले उम्मेदवारका नाम सिफारिस गर्न सुरू गरिसकेका छन् ।


Published :१७ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media