थप २०६ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु

राष्ट्रपाटी न्युज

१७ भाद्र २०७९

काठमाडौं । नेपालमम पछिल्लो २४ घण्टामा २०६ जना कोरोना संक्रमित थपिएका छन् भने संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जना संक्रमित थपिएका हुन् ।

यसैगरी शुक्रबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् ।  जसमध्‍ये २ हजार ७३५जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ४१ जना आईसीयूमा छन् ।

यस्तै ६ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ४४३ पुगेको छ ।


Published :१७ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media