प्रतिनिधिसभा बैठक आज दिउँसो २ बजे बस्दै

राष्ट्रपाटी न्युज

१९ भाद्र २०७९

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नुहुनेछ ।

यस्तै, सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् ।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम पनि हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


Published :१९ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media