राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजीनामा

राष्ट्रपाटी न्युज

१९ भाद्र २०७९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको संसद बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सांसद लिङ्देनले आजैदेखि लागू हुने गरी आफू सांसदको भूमिका नहुने घोषणा गरेका हुन ।
चुनाव घोषणा भइसकेपछि यही तरिकाले संसद चलिरहनु र जीवित भइरहनु उपयुक्त नहुने वताउँदै उनले प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निष्पक्ष निर्वाचनमा विश्वास भएपनि संसद राखिराखेर निष्पक्ष निर्वाचन हुन नसक्ने बताएका छन् ।
संसदको आयु मंसिर ४ गतेपछि पनि राख्ने भन्ने प्रक्रिया सुरु भएकोमा आपत्ति जनाउँदै लिङ्देनले भने ‘सरकारको यो निर्णयले मलाई लज्जित बनाएको छ। बाटोबाटै मैले संसद छाडेँ भन्नु उचित हुँदैन, म यहीँबाट भन्छु आजबाट सांसदका रुपमा यहाँ उपस्थित हुने छैन । सभामुख महोदय र सचिवालयलाई आग्रह गर्दछु मेरो नाममा तलब भत्ता सुविधा रोक्का गरियोस् । मैले अब निवेदन दिनुपर्ने भए म निवेदन दिएर बाहिरिन्छु ।’


Published :१९ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media