नेकपा एसका जिल्ला अध्यक्ष र प्रदेश इन्चार्ज एमालेमा प्रवेश

राष्ट्रपाटी न्युज

२० भाद्र २०७९

गुल्मी । नेकपा एकीकृत समाजवादीका गुल्मी अध्यक्ष, प्रदेश इन्चार्ज लगायतका नेताहरु नेकपा एमाले प्रवेश गरेका छन् ।

सोमबार नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा कार्यक्रममा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव गोकर्ण बिष्टले स्वागत गरेका हुन् । कार्यक्रममा एकीकृत समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारीले बिग्रेको घरलाई मर्मत गरेर अघि बढ्ने बताए ।


Published :२० भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media