सर्लाही-४ मा अमरेश परेनन्, गगनको एकल नाम सिफारिस  

राष्ट्रपाटी न्युज

२० भाद्र २०७९

सर्लाही । सर्लाहीको क्षेत्र नम्बर-४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अमरेश सिंहको नाम सिफारिसमै परेन ।  गत निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित सिंहको नाम सिफारिस भएको छैन भने महामन्त्री गगन थापाको एकल नाम पठाइएको छ ।

‘अमरेशजीको नाम क्षेत्रबाट आएको छैन । गगनजीको एकल नाम आएको छ,’ सर्लाहीका कांग्रेस सभापति सुरेन्द्र सिंहले भने ।

त्यस्तै, प्रदेश सभा सदस्यका लागि ४(क) को प्रत्यक्षमा मधेश प्रदेशका पार्टी उपसभापति एवं प्रदेश सरकारका महिला, बालवालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहको पनि एकल सिफारिसमा परेको छ ।


Published :२० भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media