राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष पाण्डेलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपाटी न्युज

२० भाद्र २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।

तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिनुभएको थियो । यस्तो सम्मान पाउने मनोज पाण्डे भारतका १९ औं सेना प्रमुख हुनुहुन्छ ।


Published :२० भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media