पर्यटनमन्त्री प्रकरणः प्रहरी निरीक्षकको जिम्मेवारी खोसियो, प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु

राष्ट्रपाटी न्युज

२० भाद्र २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग रवि लामिछानेलाई भेट्न दिने प्रहरी निरीक्षक विकास तामाङको जिम्मेवारी खोसिएको छ । यसका साथै प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय काठमाडौंले घटनाबारे छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले हिरासतबाट निकालेर गुरुङलाई भेटेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । काठमाडौं प्रहरीका एक उच्च अधिकृतका अनुसा हिरासतमा राखिएको व्यक्तिसँग कसरी फोटो खिचियो भन्नेबारे छानबिन गर्न निर्देशन छ, त्यही अनुसार समिति गठन भएको हो ।


Published :२० भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media