“उम्मेदवार मनोनयनकै दिनदेखि संसदको कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त”

राष्ट्रपाटी न्युज

२१ भाद्र २०७९

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको दिनदेखि संसदको कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउनेभन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्न उपयुक्त हुने बताए ।

उनले पछिल्ला केही समययता आएर सांसदहरु १-२ महिनाको पारिश्रमिकका लागि मरिहत्ते गर्छन् भन्ने गलत सन्देश बाहिर गएको उल्लेख गर्दै संसदलाई नै दाग लगाउने त्यस्ता खालका सन्देशहरु प्रवाह हुन नदिन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँ उभिनुपर्ने आवश्यकता रहेको बताए ।

महामन्त्री थापाले मत परिणाम घोषणा भएको अन्तिम दिनबाट आधार मानी प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल तोक्नुपर्ने पनि बताए ।


Published :२१ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media