कमेडियन अपूर्व क्षितिजलाई रिहा गर्न एमालेको माग

राष्ट्रपाटी न्युज

२२ भाद्र २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले कला प्रस्तुत गर्ने क्रममा १० दिनदेखि प्रहरी हिरासतमा रहेका कलाकार सिंहलाई रिहा गर्न माग गरेका छन् । व्यंग्यात्मक कमेडीले कसै न कसैलाई असर गर्ने भए पनि कलाकारलाई पक्राउ गर्न नहुने भन्दै उनले सिंहलाई तत्काल रिहा गर्न माग गरे ।

१२ भदौमा जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई नियन्त्रणमा लिएको छ । नेवा समुदायको आस्थामाथि चोट पु¥याउने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध प्रहरीमा उजुरी परेको छ । सोही आधारमा सिंहलाई पक्राउ गरेको हो ।


Published :२२ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media