कांग्रेसले तोक्यो विश्वप्रकाशलाई चुनावी घोषणापत्र तयारी संयोजक

राष्ट्रपाटी न्युज

२२ भाद्र २०७९

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्र तयारी संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मा चयन भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई चुनावी घोषणापत्र तयारी समितिको संयोजक तोकेका हुन् ।

शर्मा संयोजक रहेको समितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी गर्नेछ ।

स्थानीय तहको निर्वाचनको घोषणापत्रको जिम्मेवारी भने अर्का महामन्त्री गगन थापाले पाएका थिए ।

 


Published :२२ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media