प्रधानमन्त्री देउवा चितवनमा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन पुगेका छन्  ।

नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन पुगेका हुन् ।

बिहान ११:१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन पुगेका हुन् । प्रधानमन्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्ने कार्यक्रम छ । यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उनी काठमाडौँ फर्कने कार्यक्रम छ ।

उनीसँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन पुगेका छन् ।


Published :भदौ २४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media