महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन

राष्ट्रपाटी न्युज

२४ भाद्र २०७९

लण्डन । बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार निधन भएको छ । उनी ९६ वर्षकी थिइन्।

वकिंघम दरबारका अनुसार स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उनको  मृत्यु भएको हो  । महारानीको स्वास्थ्य बिग्रिएपछि शाही परिवारका सदस्यहरू विहीबार उनको समीप पुगेका थिए । उनका  ७३ वर्षीय छोरा युवराज चार्ल्स स्वतः राजा भएका छन्। उनलाई  राजा चार्ल्स तृतीय घोषणा गरिएको छ ।

दश दिनको औपचारिक शोकपछि महारानीकोअन्त्येष्टि गरिनेछ । (रासस/एपी)


Published :२४ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media