राष्ट्रपति भण्डारीद्वारा शोक पुस्तिकामा हस्ताक्षर

राष्ट्रपाटी न्युज

२४ भाद्र २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।


Published :२४ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media