नागरिकता विधेयक राष्ट्रिय स्वाभिमान विपरीतः ईश्वर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले नेपाललाई सिक्किम र फिजी बनाउन नागरिकता विधेयक ल्याएको आरोप लगाएका छन् । उनले सीमापारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए ।

उनले संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको आरोप लगाए । उनले संसदका दुवै सदनबाट बहुमतले पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक राष्ट्रिय हीत र स्वाभिमान विपरीत रहेको दाबी गरे ।

एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको उनले बताए ।


Published :भदौ २४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media