काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जना संक्रमित थपिएका हुन् । एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८ एन्टिजेन परीक्षणमा ४२ जना गरी १५२ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै १३३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४४८ रहेको मन्त्रालयले जनाएको छ ।