थप १६३ जनामा कोरोना संक्रमण, १३० जना सङ्क्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ३ हजार ७४६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जना सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४३० पुगेको छ । यही अवधिमा थप सङ्क्रमितको मृत्यु भने भएको छैन । यता, दुई दिनमा ४ लाख ८० हजार ८१८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।


Published :भदौ २५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media