राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर रायलाई एमालेमा स्वागत

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय एमालेमा प्रवेश गरेका छन्  ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले रायलाई खादा लगाई पार्टीमा स्वागत गरेका छन्  । उनी पार्टी प्रवेशका लागि पार्टी अध्यक्षको निवास बालकोट पुगेका थिए ।

सल्यान जिल्लाको शारदा नगपालिका वडा नं ३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए ।

नेता राय सल्यानमा बौद्धिक, प्रभावशाली र प्रतिष्ठित नेताका रूपमा चिनिन्छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य गुलावजङ्ग शाहको उपस्थिति रहेको थियो ।


Published :भदौ २५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media