राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोज्दा विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्न खोज्दा नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान भएको छ ।

घण्टाघरस्थित त्रिचन्द्र कलेज क्षेत्रमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थी र प्रहरीबीच आइतबार बिहान ढुंगा हानाहान भएको हो ।

नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेको भन्दै त्यसको विरोधमा विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थीलाई रोक्न पुगेको प्रहरीबीच झडप भएको हो ।


Published :भदौ २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media