चोलेन्द्र शमशेर जबराको चौथो बयान हुँदै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आइतबार चौथो बयान हुँदै छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा आइतबार दिउँसो साढे १२ बजे बस्ने महाअभियोग सिफारिस समिति बैठकमा जबराको बयान हुनेछ ।

यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न तयार गरिएको थियो ।

गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उहाँविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका थिए ।


Published :भदौ २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media