अलमुताइरीद्वारा नेपालको प्रमुख प्रशिक्षक छाडेको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक छोडेको घोषणा गरे ।

गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए ।

तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका थिए । विवादकै बीच एसिया कप छनौट खेल्न नेपाली टिमसँगै कुवेत गएका उनी केही महिनादेखि उतै बसेका थिए ।


Published :भदौ २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media