निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै सरकारले ग-यो एकैपटक २९ जना सहसचिवको सरुवा

काठमाडौँ । ​​​​​​ सरकारले कर्मचारीको सरुवा गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ । निर्वाचन नजिकिँदै गर्दा सरकारले धमाधम कर्मचारीहरुको सरुवा गर्दै आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एकैपटक २९ जना सहसचिवको सरुवा गरेको हो ।

निर्वाचन आयोगले सरकारलाई भदौ २० गते भित्र सबै पदस्थापन र सरुवाको काम गरिसक्न निर्देशन दिए पनि सामान्य प्रशासन र गृह मन्त्रालयले आचारसंहिता उल्लंघन गर्दै सरुवाको कार्यलाई हालसम्म निरन्तरता दिँदै आएको छ ।

हेर्नुहोस् सरुवा भएका सहसचिवहरूको सूची:

 


Published :भदौ २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media