समानुपातिकतर्फको बन्दसूची असोज २ र ३ गते बुझाउनुपर्ने

राष्ट्रपाटी न्युज

२६ भाद्र २०७९

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

असोज २ देखि ३ गतेसम्म दलले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ आयोगले सूचना जारी गर्दै जनाएको छ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ । यस्तै दलहरुले बन्दसूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने छ ।

 


Published :२६ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media