
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
४ हजार ८४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८९ जना तथा एन्टिजेनबाट ३० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १९१ पुगेको छ ।