चोलेन्‍द्रले मुछेका वकिलसँग महाअभियोग सिफारिस समितिको छलफल

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका सातजना वकिलसँग छलफल सुरु गरेको छ । जबराले समितिमा आफूहरूलाई विभिन्न न्यायाधीश, वकिल, राजनीतिज्ञको नाम लिएका थिए ।

जसअनुसार बिहीबार दिउँसो सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारको पूर्वमहासचिव लीलामणी पौडेल, वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ र अधिवक्ता ओमप्रकाश अर्यालसँग समितिले छलफल सुरु गरेको हो ।

पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीहहरूले भने समितिमा उपस्थित नहुने बताइसकेका छन् । जबराले अधिवक्ताहरूले आफूलाई राजीनामा दिन भनेको, न्यायाधीश बनाइदिन भनेकोलगायतका आरोप लगाएका थिए ।


Published :भदौ ३०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media