
काठमाडौं । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदैछ । समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ ।
बिहीबार समितिले जबराले आरोप लगाएका कानुन व्यवसायीसँग छलफल गरेर सकेको छ । उक्त छलफलमा जबरामाथि उठेका प्रश्न सोध्न समितिले उनलाई पुनः बोलाएको हो ।
बयानका क्रममा जबराले सात जना वकिलको नाम लिएका थिए ।
सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन् ।