आठ सय घट्यो सुनको मूल्य

काठमाडौं । कारोबारको अन्तिम दिन नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो। आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ।

आज तोलामा ३५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार १४५ रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच भएको थियो ।


Published :भदौ ३१, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media