संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा एमालेको बृहत् पदयात्रा (फोटो फिचर)

राष्ट्रपाटी न्युज

१ आश्विन २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बृहत् पदयात्रा आयोजना गरेको छ । संविधान दिवसको अवसरमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले पदयात्रा आयोजना गरेको हो ।

शनिबार बिहानै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेला भएर एमाले नेता कार्यकर्ताहरु पदयात्रामा सहभागी भएका छन् । पदयात्रा कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

पदयात्रा बिहान ७ बजे उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो ।

उक्त अवसरमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाए । काठमाडौंको वसन्तपुरमा ‘युवा सँगसँगै पदयात्रा’ कार्यक्रममा ओलीले अहिले देश अप्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको जिकिर गरे ।  उनले गठबन्धनको फैसला मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले गर्ने दाबी गरे ।

‘फैसलाका लागि संघीय संसदको प्रतिनिधि सभाको निर्वाचन र प्रदेशको, सातै प्रदेशको निर्वाचन भइरहेको छ। यतिबेला देशलाई हार्न दिनु हुँदैन’, उनले भने- ‘जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु हुँदैन, एकछिन धक्का खाएको होला, यसलाई चिरेर देशलाई द्रुत गतिले अघि बढाउनुपर्छ।’


Published :१ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media