आज एमालेले समानुपातिक उम्मेदवारको सूची बुझाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  आज २२० जना समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ ।

एमालेको आइतबार बसेको सचिवालय बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची टुङ्गो लगाएको थियो । एमालेले आज बन्दी सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको हो  ।

आइतबारको सचिवालय बैठकले समानुपातिकतर्फका २२० जना  उम्मेदवारको नामावली तयार गरेको एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए ।

आगामी निर्वाचनका लागि प्रतिनिधिसभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको नाम पारित गरेको उहाँले जानकारी दिनुभयो । ११० जनाको नाम प्रस्ताव गरिएको र त्यसमा ५७ जना महिला हुने उनले जानकारी दिए ।

गुरुङका अनुसार प्रदेश नम्बर १ का लागि २० जना महिला नघट्ने गरेर ३७ जना,  मधेस प्रदेशमा २३ जना महिला नघट्ने गरी ४३ जना, बागमती महिला २४ जना नघट्ने गरी ४४  जना, गण्डकीमा १३ महिला नघट्ने गरी २४ जना, लुम्बिनीमा २० महिला नघट्ने गरी ३५ जना  कर्णालीमा ८ महिला नघट्ने गरी १६ जना, सुदूरपश्चिममा ११ महिला नघट्ने गरी २१ जनाको नाम तयार गरिएको उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले हिजो  र आजका लागि समय निर्धारण गरेको थियो ।


Published :अशोज ३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media