
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४८८ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना संक्रमित थपिएका हुन् ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७४० जना पुगेको छ । पछिल्लो २४ घण्टामा १६५ जना संक्रमणमुक्त भएका छन् ।