मेक्सिकोमा ७.४ म्याग्निच्युडको भूकम्प

राष्ट्रपाटी न्युज

४ आश्विन २०७९

काठमाडौँ । मेक्सिकोमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको तटमा रहेको मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर दक्षिणमा र मेक्सिको सिटीबाट सयौं किलोमिटर पश्चिममा रहेको भूकम्पविद्हरूले बताएका छन् ।

भूकम्पमा परी जनधनको क्षति भएको बताइए पनि यकिन तथ्यांक आउन बाँकी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । धेरै मात्रामा भौतिक क्षति भएको बताइएको छ । आपतकालीन प्रकोप अभ्यास गरेको एक घण्टा नबित्दै भूकम्पको अलार्म बजेको थियो । त्यसपछि मानिसहरु सडकमा निस्किएका थिए ।


Published :४ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media