राष्ट्रपतिको निर्णय सही छः मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राष्ट्रपति बिद्यादेवी भण्डारीले नागरिकता बिद्येयकमा  प्रमाणिकरण नगर्ने  निर्णय अत्यन्तै सही रहेको प्रतिक्रिया दिएका छन् ।

मेयर बालेनले सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो निश्कर्ष सुनाउँदै भनेका छन्, ‘राष्ट्रियताको अडानप्रति राष्ट्रपतिको सही निर्णयलाई सदैव नेपाली जनताले सम्मान गरिरहनेछन् ।’

मेयर बालेनले राष्ट्रियताको अडानप्रति राष्ट्रपतिको सही निर्णयलाई सदैव नेपाली जनताले सम्मान गरिरहने समेत बताएका छन् ।

राष्ट्रपति भण्डारीले सुझावसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई गठबन्धनले जस्ताको तस्तै पुनः राष्ट्रपति समक्ष पठाएपछि राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्न अस्वीकार गर्नुभएको छ ।


Published :अशोज ५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media