
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८१ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १७५ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४४७ जनामा भएको परीक्षणमा ८१ जना कोरोना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित १४८३ जना रहेका छन् ।