रेल चढे एमाले अध्यक्ष ओली

काठमाडौँ । पूर्वमन्त्री तथा लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन एमाले अध्यक्ष ओली जनकपुरधाम पुगेका हुन् ।

यसअघि नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायत नेता कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका  अध्यक्ष ओली १८ दिनपछि फेरि जनकपुर पुगेका हुन् ।

आज अगरियासहित हजारौँ कार्यकर्तालाई एमाले प्रवेश गराउन जनकपुर पुगेका अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा ल्याएको रेल चढेका हुन् । जनकपुरबाट टिकट काटेर अध्यक्ष ओली धनुषाको विदेह नगरपालिकास्थित तीनकोरियाको रेल स्टेशनसम्म पुगेका थिए ।


Published :अशोज ८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media