नेकपा एमाले ओखलढुंगा-काठमाडौं सम्पर्क मंचको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

राष्ट्रपाटी न्युज

८ आश्विन २०७९

काठमाडौं । नेकपा एमाले ओखलढुंगा-काठमाडौं सम्पर्क मंचले आज प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको धुम्बाराही स्थित नवदुर्गा पार्टी भेन्युमा आयोजित बिशेष समारोहमा ओखलढुंगाबाट काठमाडौं आएर बसोबास गर्ने नेकपा एमाले समर्थक नेता तथा कार्यकर्ताहरुको उपश्थिति रहेको थियो।

आउंदै गरेको बडा दशैं, सुभ दिपावली लगायत पर्वहरुको बिशेष अबसरमा आयोजना गरिएको कार्यक्रममा कार्यकर्ताहरुलाई प्रशिक्षण समेत दिइएको थियो। भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एमालेले बेहोर्नु परेको हार र पार्टी भित्रको अन्तरघात लगायत बिषयमा कार्यकर्ताहरुको मनोबल उच्च राख्न नेताहरुले आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि एबम नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए भने ओखलढुंगाका निबर्तमान माननीय यज्ञराज सुनुवार, अम्मिरबाबु गुरुङ ,किशोर अधिकारि, नानिबाबु बुढाथोकी, शंकर राज कार्की, केदार पुडासैनी लगायतले आफ्नो मन्तव्य राखेका थिए।

नेकपा एमाले ओखलढुंगा-काठमाडौं सम्पर्क मंचका अध्यक्ष सुर्य गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम मंचका सचिव रमेश खड्काले संचालन गरेका थिए ।


Published :८ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media