मेरो प्राथमिकता प्रधानमन्त्री होइन जनताको आर्थिक विकास र समृद्धि होः प्रचण्ड

राष्ट्रपाटी न्युज

अशोज १०, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । घटस्थापनाका अवसरमा आज चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको रेसमा भन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता आफूले बनाएको बताए ।

मंसिर ४ मा चुनाव आउँदैछ। यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो । म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन,’ उनले भने, ‘मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो । अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु ।’

उनले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको पनि दाबी गरेका थिए । उनले मंसिर ४ मा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेको पनि बताए । चितवनका जनता सचेत र लोकतन्त्रका पक्षमा रहेको उनको भनाइ थियो ।


Published :अशोज १०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media