डेंगुबाट हालसम्म २५ हजार ५ सय ४३ जना संक्रमित, ३२ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

अशोज ११, २०७९

काठमाडौँ । देशभरि अहिले डेंगुको प्रकोप बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता २५ हजार ५ सय ४३ जनामा डेंगुको संक्रमण देखिएको छ । तीमध्ये ३२ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगु सक्रमण बागमती प्रदेशमा देखिएको छ ।

बागमती प्रदेशमा मात्रै १९ हजार ९ सय १० कूल संक्रमितको झन्डै ७८ प्रतिशत जनामा संक्रमण देखिएको छ । बागमतीपछि लुम्बिनी प्रदेशमा डेंगुका संक्रमित धेरै छन् । लुम्बिनीमा २ हजार ८ सय ८७ जनामा संक्रमण देखिएको छ । अरू प्रदेशमा भने संक्रमितको संख्या एक हजारभन्दा कम छ । अहिले धेरैजसो डेंगुका बिरामी घरमै छन् ।


Published :अशोज ११, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media