काठमाडौं क्षेत्र नम्बर १ बाटै चुनाव लड्दै रवीन्द्र मिश्र

राष्ट्रपाटी न्युज

१३ आश्विन २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका छन् ।

मिश्रले सामाजिक सञ्जालमा शुक्रबार औपचारिक रुपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय भएको बताएका छन् । उनले भोलि दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको बताएका छन् ।

मिश्र विवेकशील साझा पार्टी छोडेर बुधबार मात्रै राप्रपामा प्रवेश गरेका थिए । यसअघिको प्रतिनिधि सभा चुनावमा मिश्र काठमाडौं १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग थोरै मतले पराजित भएका थिए । मिश्रले १० हजार ११८ मत ल्याएका थिए भने कांग्रेसका सिंहले १० हजार ९३७ मत ल्याएर विजयी बनेका थिए ।


Published :१३ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media