नेकपा एसका डोल्पा जिल्ला अध्यक्ष नन्दसिंह बुढा एमाले प्रवेश

राष्ट्रपाटी न्युज

अशोज १३, २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नन्दसिंह बुढा एमालेमा प्रवेश गरेका छन् ।  आज एमाले महासचिव शङ्कर पोखरेलले उनलाई स्वागत गरेका हुन् । बुढा तिनै नेता हुन्, जसले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर निकै चर्चामा आएका थिए ।

डोल्पाबाट निर्वाचित उनी मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए ।  उनले भने,‘ विगतका केही कमीकमजोरी भएका कारण विद्रोह गरेका थियौं। तर लामो समयसम्म एमालेमै संघर्ष गरेको र यही पार्टीमा आफ्नो भविष्य सम्झेर एमालेमै फर्किने निर्णय गरेको हुँ ।’


Published :अशोज १३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media