गृहजिल्लामा अध्यक्ष ओलीको आज शुभकामना आदानप्रदान कार्यक्रम

राष्ट्रपाटी न्युज

अशोज १८, २०७९

झापा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बडादशैं लगायत विभिन्न पर्वहरुको अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

अध्यक्ष ओलीले २०५१ साल देखि बडादशैंको नवमीमा गृह जिल्ला झापामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन् । आज विर्तामोडको सिटी सेन्टरस्थित साई पाटी प्यालेसमा अध्यक्ष ओलीले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

आज दिउँसो आयोजना हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई निमन्त्रणा गरिएको छ । शुभकामना कार्यक्रममा नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगातका नेताहरु सहभागी हुने बताइएको छ ।


Published :अशोज १८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media