एमाले अध्यक्ष ओलीले पनि दसैँको टीका लगाइदिने

राष्ट्रपाटी न्युज

अशोज १८, २०७९

दमक । नेकपा एमालेका अध्यक्ष एवं केपी शर्मा ओलीले पनि दसैँको टीका लगाइदिने भएका छन् ।

विजयादशमीको उपलक्ष्यमा अध्यक्ष ओलीले भोलि बिहान ९ बजेदेखि १० बजेसम्म गृहजिल्ला झापा दमक-९, शान्ति मार्ग निजी निवासमा परिवार तथा आफन्त र इच्छुक महानुभावहरूलाई टिका लगाइदिने कार्यक्रम तय गरिएको छ ।

अध्यक्ष ओलीले बडादसैँ २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, आमाबुबा तथा सम्पूर्ण महानुभावहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त समेत गरेका छन् ।


Published :अशोज १८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media