आज छुट्टै भेला गर्दै कांग्रेसको शेखर समूह

राष्ट्रपाटी न्युज

अशोज २०, २०७९

काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतर समूहले आज छुट्टै भेला गर्दै छ । संस्थापनइतर पक्षको डाक्टर शेखर कोइराला पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो ।

आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने एक नेताले जानकारी दिए । उनका अनुसार बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुनेछ ।

यसका साथै प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन गरिने र उनीहरुको सूची संसदीय समिति (बोर्ड) मा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल हुने ती नेताले जानकारी दिए ।


Published :अशोज २०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media