चन्द्रागिरि पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु

राष्ट्रपाटी न्युज

२१ आश्विन २०७९

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेकी ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।

वडा अध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथी रहेका छन् ।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । आज बिहानसम्म पनि खोजी कार्य भइरहेको वडा अध्यक्ष तामाङले जानकारी दिए ।


Published :२१ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media