बारा बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति एमालेद्वारा श्रद्धाञ्जलि व्यक्त

राष्ट्रपाटी न्युज

२१ आश्विन २०७९

काठमाडौं । नारायणघाटबाट बीरगंज जाँदै गरेको  बा. प्र ०६ ००१ ख ०११० नम्बरको बस बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ स्थित अमलेखगञ्ज सडक खण्डमा बस दुर्घटनामा परी १६ जना यात्रुको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ ।

नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले विहीबार एक  शोक बक्तव्य जारी गर्दै सो दुःख व्यक्त गरेका हुन् ।

यस दुखद् घडीमा मृतकहरुप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ कामनाका साथै उचित उपचारको व्यवस्था गर्न हाम्रो पार्टी माग गर्दछ शोक विज्ञप्तिमा भनिएको छ ।

चाडबाडका बेला दुर्घटना न्यूनीकरण गर्न विशेष ध्यान दिनुपर्ने एमालेले भनेको छ । सडकलाई सुरक्षित बनाउन यस्ता दुखद् घटनाबाट पाठ सिक्दै आवश्यक काम गर्न पनि एमालेले सरकारी निकायको ध्यानाकर्षण गराएको छ ।

यस्तो छ वक्तव्य :-

२० असोज, २०७९
शोक वक्तव्य
आज बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगञ्ज सडक खण्डमा बस दुर्घटनामा परी १६ जना यात्रुको मृत्यु भएको घटनाबाट नेकपा (एमाले) स्तब्ध भएको छ । यस दुखद् घडीमा मृतकहरुप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै हाम्रो पार्टी घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ कामनाका साथै उचित उपचारको व्यवस्था गर्न माग गर्दछ ।
चाडबाडका बेला दुर्घटना न्यूनीकरण गर्न विशेष ध्यान दिनुपर्नेमा त्यसो हुन नसकेकाले यति ठूलो मानवीय क्षति भएको छ । सडकलाई सुरक्षित बनाउन यस्ता दुखद् घटनाबाट पाठ सिक्दै आवश्यक काम गर्न हाम्रो पार्टी सरकारी निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छ ।

विष्णु रिजाल
उपप्रमुख
केन्द्रीय प्रचार विभाग
नेकपा (एमाले)


Published :२१ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media