एमाले प्रवेश गरे लोसपा नेता एकबाल मिया

राष्ट्रपाटी न्युज

अशोज २२, २०७९

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।

निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका मियालाई  शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

महन्थ ठाकुर नेतृत्वको लोसपा पाँच दलीय सत्ता गठबन्धनमा मिसिंदा उपेन्द्र यादव नेतृत्वको जसपाले एमालेसँग तालमेल गरेको छ ।
एमालेले पार्टी प्रवेश गरेका नेता मियालाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने तयारी गरिएको छ ।


Published :अशोज २२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media